नेकपाको सचिवालय बैठक सम्पन्न: यी विषयमा गम्भीर छलफल
वि.सं.२०७७ वैशाख ८ सोमवार २०:५५
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आकस्मिक सचिवालय बैठक सकिएको छ। सोमबार साँझ ५:३० बजेदेखि प्रधानमन्नी निवास बालुवाटारमा बैठक बसेको थियो।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपाले आकस्मिक सचिवालय बैठक बोलाएको थियो।
विश्वभर कोरोना महामारी फैलिएको बेला उक्त अध्यादेश आउन नहुने भन्दै बैठकमा कुरा उठेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘सरकार र पार्टीको अगाडी दुई कार्यभार छन्।
पार्टी एकता मजबुत बनाउने र महामारीमा जुध्ने बेलामा अध्यादेश आउनु नहुने भन्ने कुरा उठ्यो’ श्रेष्ठले भने। ‘गम्भीर राजनीतिक विषय हो। पार्टीमा छलफल नभएकाले आकस्मिक बैठक बसेको थियो।। सबैले आफ्नो विचार प्रस्तुत गरेका थिए। बैठक बस्दाबस्दै राष्ट्रपतिले अध्यादेश जारी गरेकाले केही गर्न सकिएन’ श्रेष्ठले भने।































