रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन
वि.सं.२०७७ वैशाख १९ शुक्रवार ०९:२७
6.72K
shares
shares

काठमाडौँ ।
रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ । २७ नोभेम्बर १९३६ मा वीरगञ्जमा जन्मिएकी उनको ८४ वर्षको उमेरमा निधन भएको हो ।
अधिकारीकी कान्छी छोरीका अनुसार सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा गएराति बाटो नै निधन भएको हो ।सानैदेखि शास्त्रीय गायनमा सक्रिय रानुदेवीले पहिलोपटक २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् ।
रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा समेत रहेर काम गरेकी थिइन् ।उनको बाल्यकाल भारतको बनारसमा बितेको थियो ।इतिहास विषयमा एमएसम्मको अध्ययन गरेकी थिईन । उनका रानुदेवीका १ छोरा र २ छोरी रहेका छन् ।
































