किमको नाडीमा रहस्यमय डाम

7.46K
shares

सोल,(एजेन्सी)

उत्तर कोरियाको सरकारी संचार माध्यमले शनिवार लामो समय देखि सार्वजनिक नभएका ३८ वर्षिय सर्वोच्च नेता किम जोंग उनले सुन्चोन फोस्फेटिक रसायानिक मल कारखानामा बिद्युतिय सवारी साधन चलाउँदै गरेको तस्वीर सार्वजनिक गरेको थियो ।

एन के न्युजले सो तस्वीरमा उनको नाडीमा रहस्यात्मक डाम देखिएको जनाएको छ । तर सो डामबारे कुनै सुचना बाहिर आएको छैन । तर संयुक्त राज्य अमेरिकाका एकजना चिकित्सा विशेषज्ञले भने सो डाम हालै गरिएको उनको मुटुको शल्यक्रियाको क्रममा दाँया धमनीमा प्वाल पार्दा भएको उपचार प्रक्रिया हुनुपर्ने बताएका छन् ।

शुक्रवार उनलाई हंसिलो मुद«ामा मल कारखानाको उद्घाटन गरेको तस्वीर र भिडियोमा देखिएको थियो । करिव तीन साता सम्म अन्तर्राष्ट्रिय जगतमा उनको मृत्यु समेत भइसकेको सम्म हल्ला चलेको थियो । यो कारखाना राजधानी प्योंगयांग देखि करिव ३० माइल उत्तरमा पर्दछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083