नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ७५ पुग्यो

6.49K
shares
काठमाडौं ।नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या &% पुगेको छ । सङ्क्रितमध्ये हालसम्म १६ जना उपचारपछि स्वस्थ्य भएर घर फर्किसकेका छन् । बाँकी सङ्क्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083