कपिलवस्तुमा भेटिए थप ३ कोरोना संक्रमित, संक्रमितको संख्या २७६
वि.सं.२०७७ जेठ ३ शनिवार १२:२४
7.41K
shares
shares

काठमाडौं ।
नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका ३ जना पुरुषमा कोरोना संकमण पुष्टि भएको हो ।
यसअघि आज बिहान मात्रै ६ जना नयाँ संक्रमित भेटिएका थिए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।












