झापा र सुनसरीमा थपिए ११ संक्रमित
वि.सं.२०७७ जेठ ६ मंगलवार ११:४२
10.88K
shares
shares

काठमाडौं । मंगलबार प्रदेश-१ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्।सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ।
झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन्।सोमबार पनि गाउँपालिकाकै एक जना पुरूषमा संक्रमण देखिएको थियो।
योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ।आजै मात्र कपिलवस्तुमा ४ जना संक्रमित थपिएका हुन्। उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन्।


















