गाई फार्ममा आगलागी,१४ लाख बराबरको क्षती
वि.सं.२०७७ जेठ ८ बिहीवार १०:५०
7.02K
shares
shares

काठमाडौँ ।काठमाडौंको कागेशवरी मनोहरा नगरपालिका – ४ मुलपानीमा रहेको एउटा गाई फार्ममा आगलागी भएको छ ।
गाई फार्ममा गएराति आगलागी हुँदा दुई लाख रूपैयाँ पैसा, पाँच वटा गाई र गाईलाई खुवाउने दाना जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
खड्क ढकालले मुलपानीमा सञ्चालन गरेको गाई फार्ममा भएको आगलागीबाट १४ लाख १८ हजार ५ सय रूपैयाँ बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।



















