रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण

5.4K
shares

रौतहट ।

रौतहटको पाँच स्थानका क्वारेन्टाईनमा बस्दै आएका ३५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । उनीहरुमा गरिएको पिसिआर परिक्षणको प्रतिबेदनमा कोरोनाभाईरसको संक्रमण देखिएको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले सार्बजनिक गरेअनुसार गौर नगरपालिकामा ८ जना, ईशनाथ नगरपालिकामा १६ जना, देवाहि गोनाही नगरपालिकामा २ जना , कटहरिया नगरपालिकामा २ जना र गढिमाई नगरपालिकामा ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यससगै रौतहटमा कोरोनाभाईरसको संक्रमित संख्या १ सय ५ पुगेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083