रुकुम घटना: थप १ जनाको शव ५ दिन पछि भेटियो, २ जना अझै बेपत्ता

11.65K
shares

पश्चिम रुकुम । रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको लखेट्दा हराइरहेका ३ जनामध्ये १ जनाको शव भेटिएको छ । अझैं २ जना बेपत्ता छन् ।
शनिबार गाउलेको कुटाईबाट नवराज विक, गणेश बुढामगर र टिकाराम सुनारको शव भेटिएको थियो । सो घटनामा परी गोविन्द सुनार, सञ्जु विक र गोविन्द शाही बेपत्ता थिए ।

बेपत्तामध्ये १८ वर्षीय लोकेन्द्र सुनारको शव गोताखोरको टोलीले भेरी नदिको कुटु भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको डिएसपी किशोर श्रेष्ठले बताए ।

मृतक नवराज विक र सोतीकी एक युवतीबीच लामो समयदेखि प्रेम रहेको र युवतीकै आग्रहमा नवराजले केही साथीहरु लिएर शनिबार बेलुकी सोती गएका थिए ।
नवराजकी प्रेमिका भनिएकी युवती ठकुरी परिवारकी हुन् । युवतीको सरसल्लाहमै नवराज सहितको समूह उनलाई लिन सोती पुगेको थिए । तर गाउँले मिलेर उनीहरुमाथि आक्रमण गरेका थिए । सो क्रममा ३ जनाको मृत्यु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083