ललितपुरको किष्ट हस्पिटलमा कोरोनाबाट मृत्यु

10.47K
shares

ललितपुर । कोरोना भाईरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुधबार ललितपुरस्थित किष्ट हस्पिटलमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । ललितपुरको बुङमतीका ५७ वर्षीय पुरुषको बुधबार राती मृत्युभएको ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जनाए।

उनी ‘अल्कोहलिक लिभर डिजिज’का कारण अस्पताल भर्ना भएका थिए।सोही निर्वाचन क्षेत्रकी सांसद पम्फा भुसालले पनि एक जनाको मृत्यु भएको पुष्टि गरिन्। उनले सामाजिक सञ्जालमा मृतकप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेकी छन्।

कोरोना संक्रमितको मृत्यु भएपछि किष्ट अस्पतालका कर्मचारी र ग्वार्को क्षेत्रका स्थानीय बासिन्दामा त्रास बढेको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ५ पुगेको छ।बुधबार साँझसम्म संक्रमितको संख्या भने ९ सय १ पुगेको छ। बुधबार मात्रै एकैदिन १ सय २९ जना संक्रमित थपिएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083