शान्ति मिसनमा खटिएका ३ सैनिकमा कोरोना संक्रमण
वि.सं.२०७७ जेठ १४ बुधवार २२:२४
6.71K
shares
shares

काठमाडौं । संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा खटिएका ३ जना नेपाली सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।शान्ति मिसनअन्तर्गत मालीमा खटिएका २ र सुडानमा खटिएका १ जनामा कोरोना संक्रमण भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे बताए ।
संक्रमण भएका सैनिकको दर्जा भने सेनाले केही खुलाएको छैन ।यसअघि नेपालमा कार्यरत नेपाली सेनाका मेजरसहित ४ जनामा कोरोना संक्रमण भएको थियो ।




























