थप ४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ सय ५ पुग्यो

10.47K
shares

काठमाडौँ ।नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २६ र २२ का दुई पुरुष र वर्ष ३९ की एक महिला, गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सुस्ता (पूर्व) जिल्लाको देवचुली नगरपालिकाका एक १९ वर्षका पुरुष समेत गरेर थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उनीहरुलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भईरहेको पनि प्रदेश सरकारले जनाएको छ ।उनी भरतुरको कोरोना अस्पतालमा उपचाररत छन् । गणडकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।योसँगै नेपालमा कुल संक्रमितको संख्या ९०५ पुगेको छ ।

त्यस्तै नेपालमा हालसम्म कोरोना उपचारपछि १ सय ८७ जना निको भएर घर फर्किएका छन् । बुधबार मात्र ३२ जना उपचारपछि घर फर्किएका हुन् । भने ५ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083