गणतन्त्र दिवस : २ सय ३३ कैदीको सजाय मिनाहा, ८ जनालाई सजाय माफी

11.12K
shares

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनाको सजाय माफी गरेकी छिन् भने २ सय ३३ जना कैदीको सजाय मिनाहा गरेकी छिन् ।

नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कपिल देव साह कानूसमेत ८ जना व्यक्तिहरुलाई विभिन्न अदालत न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद, दण्ड, सर्वस्वलगायतका सजाय माफी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरे जानकारी दिए ।

त्यस्तै, नेपालको संविधानको धारा २७६, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ तथा फौजदारी कसुर ९कैद कट्टा० नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामबहादुर भन्ने रमेश विश्वकर्मासहित २३३ जना कैदीहरुको बाँकी कैद सजाय माफी मिनाहा भएको छ ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083