सबैभन्दा ठूलो साइकल कम्पनी ‘एटलस’ बन्द

10.04K
shares

एजेन्सी । भारतको सबैभन्दा ठूलो साइकल कम्पनी ‘एटलस’ विश्व साइकल दिवसकै दिन बन्द भएको छ। ६९ वर्ष पुरानो साइकल कम्पनी कम्पनी सञ्चालन गर्न आवश्यक कच्चा पदार्थ किन्ने पैसा समेत नभएको भन्दै बन्द गर्नुपरेको कम्पनीले जनाएको छ।

सन १९५१ मा जानकीदास कपुरले भारतमा एटलस कम्पनीको स्थापना गरेका थिए। स्थापना भएकै वर्ष कम्पनीले १२ हजार भन्दा बढी साइकल उत्पादन गरेको थियो। सन १९६५ सम्म आइपुग्दा एटलस भारतकै सबैभन्दा ठूलो साइकल उत्पादन गर्ने कम्पनी बनिसकेको थियो।

तर पछिल्लो केही वर्षदेखि कम्पनी आर्थिक संकटबाट गुज्रिएपछि ६ वर्षको अवधिमा कम्पनी पूर्ण रुपमा बन्द भएको छ। कुनै समय वार्षिक ४० लाख सम्म साइकल उत्पादन गरेर भारतमा रेकर्ड कायम गरेको याे कम्पनी अहिले सञ्चालन गर्न आवश्यक कच्चा पदार्थ किन्ने पैसा समेत नभएकोले बन्द गर्नुपरेको कम्पनीले जनाएको छ। याे कम्पनीले उत्तर प्रदेशको गाजियावाद शाखा पनि बन्द गरेकाे जनाएकाे छ ।

यस अघि २०१४ मा मध्य प्रदेश र २०१८ मा हरियाणामा रहेको शाखा बन्द गरिसकेको थियो। योसँगै कम्पनीमा कार्यरत करिब ४ सय ५० जना कामदारको रोजगारी गुमेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083