सुनचाँदी बजार खुलेकै दिन सुनको मूल्य प्रतितोला १० हजार ४ सय रुपैयाँले बढ्यो

21.81K
shares

काठमाडौं । लकडाउनपछि आज पहिलोपटक सुनचाँदी बजार खुलेकै दिन सुनको मूल्य प्रतितोला १० हजार ४ सय रुपैयाँले बढेको छ। खुल्नेबित्तिकै प्रतितोला १० हजार ४ सय रुपैयाँले मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। खुल्नेबित्तिकै प्रतितोला १० हजार ४ सय रुपैयाँले मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चैत १० गते छापावाला सुनको मूल्य ७७ हजार प्रतितोला रहेको थियो। आज आइतबार सुुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। चैत १० गते प्रतितोला ७ सय २० रुपैयाँ चाँदीको मूल्य ९ सय २५ रुपैयाँ पुगेको हो।

सुनको भन्सार दर ६ हजार ५ सय रुपैयाँ रहेकोमा बजेटले यसलाई ८ हजार ५ सय रुपैयाँ पु¥याएको थियो। त्यस्तै चाँदीको भन्सार दर प्रति १० ग्राम १० रुपैयाँले बढेको छ।

यसअघि ७५ रुपैयाँ थियो, अब ८५ रुपैयाँ पुगेको छ। बजेटले भन्सारदर बढाएको तथा अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेकोले नेपालमा मूल्य बढाएको महासंघले जानकारी गराएको छ। अहिले सरकारले प्रतिदिन १० किलोभन्दा बढी सुन आयात गर्न नपाउने व्यवस्था समेत गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083