एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बाेलाइयाे

6.44K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ले सोमबारका लागि सचिवालय बैठक बोलाएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी का सम्बन्धमा छलफल गर्न बालुवाटारमा सोमबार ४ बजेका लागि सचिवालय बैठक बोलाइएको हो ।

केही असन्तुष्ट नेताहरुले एमसीसीका विषयमा निर्णय लिन सचिवालय बैठकले मात्र पर्याप्त नहुने भएकाले तुरुन्त स्थायी कमिटी बैठक बोलाउन दबाब समेत दिँदै आएका छन् ।

एमसीसीबारे अध्ययन गर्न पार्टीले नेता झलनाथ खनालको नेतृत्वमा बनाएको कार्यदलले एमसीसी सम्झौता परिमार्जन नगरी संसदबाट पास गर्न नहुने सुझाव दिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083