भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा ‘शान्ति पार्क’ बन्दै
वि.सं.२०७७ जेठ २६ सोमवार ११:०२
8.39K
shares
shares

मेलम्ची । इन्द्रावती गाउँपालिकामा शान्ति पार्क निर्माण भइरहेको छ । भूकम्पमा परेर मृत्यु भएकाको स्मृतिमा शान्ति पार्कको निर्माण गरिएको हो । गाउँपालिकाको नवलपुरमा रु एक करोड ५० लाखमा पार्क निर्माणको काम भइरहेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार भूकम्पमा मृत्यु भएका गाउँपालिका भरका मानिसको नाम सो पार्कमा लेखिनेछ । गाउँपालिकाभर भूकम्पमा परी ५०० ले ज्यान गुमाएका थिए । तत्कालीन सात गाविस मिलेर इन्द्रावती गाउँपालिका बनेको हो ।
भूकम्पमा सिन्धुपाल्चोकबाट मात्रै तीन हजार ५०० भन्दा बढीले ज्यान गुमाएका थिए । आगामी आर्थिक वर्ष ०७७/७८ मा शान्ति पार्क निर्माण भइसक्ने अध्यक्ष तामाङले बताउनुभयो ।




























