गिरफ्तार भएका विद्यार्थीको रिहाई र घाइतेको उपचारको माग गर्दै कास्कीमा प्रदर्सन
वि.सं.२०७७ जेठ २७ मंगलवार २१:३२
shares

काठमाडौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा मंगलबार पनि माइतीघरमा प्रदर्शनमा गिरफ्तार विद्यार्थी रिहाई र घाइतेहरुको उपचारको माग गर्दै मादी गाउपालिका कास्कीका युवा विद्यार्थीहरु र मजदुरहरुले आफ्नो हतियार सहित प्रर्दशन गरेका छन् ।
काठमाडौमा युवा–विद्यार्थीहरुले हातमा कालोपट्टी बाँधेर शान्तिपूर्णप्रदर्शन गरेकोमा सरकारले दमन गरेको भन्दै कास्कीमा विरोध गरेको अनेरास्ववियू नेता क्षितिज सापकोटाले बताए ।
काठमाडौको माइतीघरमा एमसिसी खारेजीको माग गर्दै नारा लगाएका युवाहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो भने केही घाइते भएका थिए । प्रहरी र प्रदर्शनकारीबिच तनावको अवस्था सिर्जना भए पछि प्रहरीले प्रहार गरेको लाठीका कारण टाउको र शरीरमा चोट लागेका विद्यार्थी नेताहरुलाई अहिले ट्रमा-सेन्टरमा उपचार भैरहेको छ।
प्रदर्शनकाकारीले ‘राष्ट्रघाती एमसिसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरु होसियार, प्रहरी हस्तक्षेप बन्द गर’ सहितका नारा लगाएका हुन् ।
राष्ट्रिय झण्डासहित उपस्थित भएका प्रदर्शनकारीबाट प्रहरीले झण्डा खोस्न खोजेपछि तनाव भएको हो । पक्राउ गरी प्रहरीको भ्यानमा हालेपछि पनि प्रहरीले प्रदर्शनकारी माथि आक्रमण गरेको हो ।































