लकडाउन मोडालिटीबारे आज ठोस निर्णय हुन्छ : प्रधानमन्त्री ओली

8.58K
shares

मुक्तिखबर,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीबारे आज ठोस निर्णय गर्ने बताएका छन् । बुधबारको संघीय संसद बैठकलाई सम्बोधन गर्दै ओलीले लामो समयदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्दै जनजीवन सहजीकरण गर्ने विषयमा आफू केन्द्रित रहेको बताएका हुन् ।

उनले आज २ बजे बस्ने मन्त्रीपरिषद बैठकमा कोरोना महामारीका कारण जारी लकडाउनका कारण शैक्षिक क्षेत्रमा परेका असर र बिद्यार्थीको रोकिएको परीक्षाहरुका सम्बन्धमा पनि निर्णय हुन सक्ने जानकारी दिए ।

उनले भ्रष्टाचार पहिले पहिले गरे पनि कारवाही नहुने र आफू सरकारमा आएपछि भ्रष्टाचारीलाई कारवाही गरेकाले बाहिर देखिन आएको बताए । प्रधानमन्त्री ओलीले सरकार कोरोना नियन्त्रणमा अहोरात्र खटिएको पनि बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083