उपत्यकाका स्कुल क्षेत्र सुरक्षित बनाउन ट्राफिक व्यवस्थापनबारे अन्तरक्रिया

2.46K
shares

काठमाडौं । काठमाडौँ उपत्यकाका स्कुल वरपरको क्षेत्रलाई अझ सुरक्षित बनाउने उद्देश्यले ट्राफिक व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित उक्त कार्यक्रममा कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीको अध्यक्षता रहेको थियो भने Rotary Club of Kathmandu District का नुगल आनन्द वैद्यको आतिथ्यता रहेको थियो।

कार्यक्रममा सडक सुरक्षाका अभियन्ता WE ARE का Garry D La Pomerai सहितको टोली, ट्राफिक प्रहरीका वरिष्ठ अधिकृतहरू तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

अन्तरक्रियामा स्कुल क्षेत्रहरूमा हुने सवारी चाप, विद्यार्थीको सुरक्षामा देखिएका चुनौतीहरू तथा त्यसको समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो। साथै, Garry D La Pomerai ले अन्तर्राष्ट्रिय अभ्यास र अनुभव समेटिएको प्रस्तुतीकरण प्रस्तुत गर्दै सुरक्षित स्कुल जोन निर्माणका लागि आवश्यक उपायहरूबारे सुझाव दिएका थिए।
कार्यक्रमले उपत्यकाका विद्यालय आसपासका क्षेत्रमा ट्राफिक व्यवस्थापन सुधार गरी विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न थप प्रभावकारी कदम चाल्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083