भ्रमण तथा अनुगमन कार्यक्रम सम्पन्न

520
shares

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क.द्वारा नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल (नवलपरासी पश्चिम)को भ्रमण तथा अनुगमन निरीक्षण सम्पन्न भएको छ। भ्रमणका क्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीले उहाँलाई स्वागत गर्नुभएको थियो।

अनुगमनका दौरान प्रहरी अतिरिक्त महानिरीक्षक वि.क.ले भीड नियन्त्रणसम्बन्धी नमुना अभ्यासको अवलोकन गर्नुका साथै प्रहरी कर्मचारीहरूको सैद्धान्तिक तथा व्यावहारिक क्षमता अभिवृद्धि, व्यावसायिक विकास, अपराध नियन्त्रण तथा शान्ति–सुरक्षा कायम राख्न आवश्यक निर्देशन दिनुभएको थियो।

यसैगरी, महिला, बालबालिका तथा जेष्ठ नागरिकको संरक्षण र विपद् व्यवस्थापनका विषयमा समेत उहाँले महत्वपूर्ण मार्गदर्शन प्रदान गर्नुभएको जनाइएको छ। कार्यक्रमका क्रममा सुरक्षित समाज निर्माणप्रति नेपाल प्रहरीको निरन्तर प्रतिबद्धता दोहोर्याउँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन जोड दिइएको थियो।