एनआइसी एसिया बैंकको एटिएममा तोडफोड
वि.सं.२०७७ जेठ ३० शुक्रवार ११:२५
shares

धनगढी । धनगढीमा रहेको एनआइसी एसिया बैंकको प्रादेशिक कार्यालयमा रहेको एटिएममा बिहीबार राति तोडफोड भएको छ। धनगढी चौराहास्थित कार्यालयको एटिएम राती १२ बजे तोडफोड भएको बैंकको सिसिटिभि फुटेजका देखिएको हो ।
माक्स लगाएको र हातमा पहेलो कलरको घडी लगाएको व्यक्तिले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनावारे अनुसन्धान जारी गरेको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता प्रतिक बिष्टले एटिएमको बाहिरको ढोकामा क्षति पुगे जानकारी दिए । मेसिन सुरक्षित रहेकोले पैसा निकालिएको वा नदेखिएको पनि उनको भनाइ छ ।
एटिएममा के कति पैसा थियो र कति चोरी भयो भन्ने बारेमा विस्तृत विवरण उपलब्ध भएको छैन। प्रहरी घटनास्थल पुगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।





























