चीनसंगको भिडन्तमा तीन भारतीय सैनिक मारिए
वि.सं.२०७७ असार २ मंगलवार १५:१७
13.66K
shares
shares

श्रीनगर, (एजेन्सी) ।विवादास्पद काश्मिर क्षेत्रको लद्धाखमा चिनिया फौजसंगको भिडन्तमा तीनजना भारतिय सेनाको ज्यान गएको छ ।सोमवार राति भएको सो भिडन्तमा यस घटना सुल्झाउनका लागि दुवै मुलुकका वरिष्ठ सैनिक अधिकारीहरबिच बैठक भइरहेको भारतिय सेनाले जनाएको छ ।
चिनियाँ पक्षले एकहोरो कारवाही गरेर समस्या थप्ने काम नगर्न भारतलाई आब्हान गरेको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले जनाएको छ । चीनले सिमा नाघेर भारतिय फोजले आफ्ना सेना माथि अचानक आक्रमण गरेको अरोप पनि लगाएका छन् । त्यसेगरी भारतले चीनले सो क्षेत्रको ३८ हजार वर्ग किमि भूभाग मिचेको आरोप पनि लगाउँदै आएको छ ।































