कोरोनाले ब्राजिललाई सतायो, २४ घण्टामै ३५ हजार संक्रमित

8K
shares

काठमाडौं । लामोसमय अमेरकालाई सतारहेको अमेरिकाले अहिले ब्राजिललाई चिन्तित बनाएको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामौ ३५ हजार जना भन्दा बढीमा कोरोना भाइरस देखिएको छ ।

संक्रमित संख्या ह्वात्तै वृद्धि भएपछि कोरोनाग्रस्त मुलुकहरु मध्ये ब्रजिल अमेरिका पछि दोस्रो स्थानमा पुगेको छ।ब्राजिलमा अहिलेसम्म संक्रमित संख्या ९ लाख २८ हजार ८ सय ३४ पुगेको छ ।

संक्रमित मध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिलमा यो साताको अन्तसम्म संक्रमित संख्या १० लाख पुग्न विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ ।

कोरोनाबाट ४५ हजार भन्दा बढीले जीवन गुमाइसकेका छन्। कोरोना लागेहरु मध्ये ४ लाख ६४ हजार ७ सय ७४ जना भने पूर्ण रुपमा निको भएर अस्पतालबाट घर फर्किएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083