कोरोना संक्रमणका कारण थप एकको मृत्यु
वि.सं.२०७७ असार ३ बुधवार १०:१०
6.38K
shares
shares

बाँके ।नेपालमा कोरोना संक्रमणबाट बाँकेकी एक महिलाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचारत ४६ वर्षीय ती महिलाको सोमवार बेलुका मृत्यु भएको थियो । उनको मंगलबार रिपोर्ट पोजेटिभ देखिएको हो ।
जिल्लाको बैजनाथ गाउँपालिका ६ की उनको आइसोलेसनमा उपचार भइरहेको थियो । उनी जेठ ३० गते अस्पताल भर्ना भएकी थिइन् ।
बाँकेमा यस अघि जेठ ४ गते पनि २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो ।नेपालमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।




























