कतारबाट नेपाल फर्कनेहरुका लागि उडान तालिका सार्वजनिक

7.25K
shares

काठमाडौँ । असार ६, ८ र १० गते कतारबाट नेपाल फर्कनेहरुका लागि उडान भर्ने तालिका सार्वजनिक गरेको कतारमा रहेको नेपाली दूतावासले विज्ञप्तिमार्फत् जनाएको छ ।

नेपाल एयरलाइन्सले असार ६ र हिमालय एयरलाइन्सको ८ र १० गते उडान तालिका रहेको कतारमा रहेको नेपाली दूतावासले विज्ञप्तिमार्फत् जनाएको छ ।

कतारमा हाल निजी स्वास्थ्य संस्थाहरुलाई कोराना परीक्षण गर्ने अनुमति नभएकाले दोहा–काठमाडौं यात्रा गर्ने क्रममा कोरोना संक्रमण नभएको प्रमाणपत्र साथमा राख्‍न सम्भव नभएको सन्दर्भमा विमानस्थलमा ज्वरो मापन गरिने साथै “Ehteraz मोबाइल एप” मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने भएकाले अनिवार्य रुपमा उक्त एप सञ्चालनमा ल्याउन कतारमा रहेका नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ ।

नेपाल एअरलाइन्सको पहिलो उडानमार्फत १७४ जना फर्कने छन् । यस्तै हिमालय एअरलाइन्समार्फत जुन २२ मा हुने उडानमार्फत स्वदेश फर्कने १७४ जना र जुन २४ मा हिमालयबाट स्वदेश फर्काउन १७३ जनाको सम्भावित सूची दूतावासले सार्वजनिक गरेको छ ।


divya collage
unigloble collage