नेदरल्याण्ड रहेकाे गान्धीको मूर्तिमा आक्रमण
वि.सं.२०७७ असार ५ शुक्रवार ०८:१६
5.89K
shares
shares

काठमाडौं ।अमेरिकाको पुलिस हिरासतमा जर्ज फ्लोडको मृत्युपछि विश्वभर विभिन्न स्मारकहरूमा आक्रमण भएको रिपोर्ट छ।
यसै बीच, केही अज्ञात व्यक्ति नेदरल्याण्डको राजधानी एम्स्टर्डममा स्प्रे पेंटिंगको साथ महात्मा गान्धीको मूर्तिलाई क्षति पुर्याएका छन् भने मूर्ति वरिपरि केही आपत्तिजनक तस्बिरहरू पनि बनाएका छन ।
यस अघि अमेरिकी शहर वाशिंगटनमा पनि महात्मा गान्धीको मूर्ति बिग्रिएको थियो।एम्स्टर्डममा भएको घटना चर्चिलनमा भएको थियो जहाँ महात्मा गान्धीको मूर्ति स्थापित गरिएको छ। उपद्रवीहरूले मूर्तिमा रातो रंग लगाइ जातीय टिप्पणीहरू लेखेको बताइएको छ ।





















