नेकपा सचिवालय बैठक: प्रचण्डले एमसीसी संशोधन बाहेक विकल्प छैन भने पछि….
वि.सं.२०७७ असार ६ शनिवार १३:२५
shares

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज बसेको ह। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ९ बजे बसेको बैठकले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे कुनै निर्णय गर्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास गरेर अगाडी बढ्ने तयारी गरे पनि नेकपा अर्का अध्यक्ष प्रचण्डले संशोधन गरेर मात्र पास गर्ने अडान गरे पछि एमसीसी बारे कुनै निर्णय हुन नसकेको हो।
प्रधानमन्त्री ओलीलाई अर्का अध्यक्ष प्रचण्डको एमसीसी पास गर्न साथ नभए पनि यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहयोग गरेको छ । तर पार्टी भित्र भने एमसीसीको व्यापक विरोध भएको छ ।
पार्टीले गठन गरेको एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदनपछि पार्टी निर्णयमा पुग्न नसक्दा एमसीसी बारेको बहस छताछुल्ल भएको छ ।
विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेर बैठक स्थगित गरेको छ। शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो ।
विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग अस्वीकृत भएको छ । बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई थप समय राखेर भए पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने धारणा राखेका थिए । तर अरु नेता सहमत भएनन् ।
नेकपा एक नेताकाअनुसार विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावमा कांग्रेस र मधेस केन्द्रित दलहरु सहमत छैनन् । तर बहुमतका आधारमा भए पनि निर्णय गरेर अघि बढ्ने सहमति भएको छ ।
नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ ।
अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अगीकृतबारे सहमति जुट्न सकेको थिए । पछिल्लो पटक समितिको तर्फबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव राखेपछि कांग्रेसले असहमति जनायो ।
साथै प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुसँग सहमति गर्ने बताएपछि गृहमन्त्री रामबहादुर थापा (बादल)ले ५ दिन समय मागेका थिए । त्यसपछि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । शुक्रबार राज्य व्यवस्था समितिमा रहेका पार्टी सांसदहरुसँग छलफल गरेपछि सचिवालयको बैठक बोलाइएको थियो ।





















