पाल्पामा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०७७ असार ११ बिहीवार १०:२५
8.62K
shares
shares

पाल्पा । पाल्पामा थप ९३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।चितवनको भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका थप ९३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
भरतपुर अस्पतालले बिहिवार बिहान दिएको जानकारी अनुसार पाल्पाका २३४ नमुनामध्ये बुधबार गरिएको परीक्षणमा ९३ जनामा पोजेटिभ देखिएको हो । उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेको अस्पतालले जनाएको छ ।
यस बाहेक भरतपुरका विभिन्न अस्पतालबाट संकलित अन्य ६३ जनाको स्वावको नतिजा भने नेगेटिभ बिहिवार बिहान आएको छ । भरतपुर प्रयोगशालामा हिजो २९७ जनाको परिक्षण गरिएको थियो ।












