चीनद्वारा गलवान क्षेत्रमा निर्माण गरिएको बाटो नदीले बगायो
वि.सं.२०७७ असार १६ मंगलवार ०९:२७
6.66K
shares
shares

एजेन्सी ।भारी वर्षाका कारण गलवान भ्यालीको तैनाती नदी किनारमा चिनियाँ सेनाले बनाएको बाटो खोलाले बगाएको छ ।
पानीको बहावको कारण सो सडक धेरै भागमा विभाजित भएको देखिन्छ। भारतीय सञ्चारमाध्यमका अनुसार इंडिया टुडेद्वारा सार्वजनिक गरिएको उपग्रह फोटोहरूमा यो कुरा देखिएको छ । जून २५ मा ग्रह प्रयोगशाबाट उपग्रहद्वारा लिइएको तस्वीरमा चीनले बनाएको नयाँ सडक नदीले बगाएको देखिएको छ ।
यी तस्बिरहरू गलवान क्षेत्रमा दुई देशबीच भएका हिंसात्मक भीडन्तपछि खिचिएको थियो ।
































