लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने सरकारको निर्णय
वि.सं.२०७७ असार १६ मंगलवार ०९:३१
9.84K
shares
shares

काठमाडौं । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा जारी लकडाउन साउन ७ गतेसम्म कायम हुने भएको छ ।
सरकारले लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेकोे बैठकले लकडाउनबारे अहिलेसम्मको अवस्थालाई ३ साता थप्नने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले सीमा नाका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान समेत साउन ७ गतेसम्म बन्द नै अवस्थामा राख्ने निर्णय गरेको छ ।
































