बौद्ध विकास समितीमा मन्त्री भट्टराईको हस्तक्षेप: विधान विपरीत अध्यक्षमा छेम्पे शेर्पालाई नियुक्ति!

12.05K
shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिको रिक्त पदमा कानुन विपरित अयोग्य व्यक्ति फूफू छेम्बे शेर्पालाई नियुक्ती गरेको छ ।

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको विधान अनुसार (२)उपदफा (१)बमोजिम बौद्ध दर्शन अध्यन गरी खेन्पो उपाधी हासिल गरेका धर्म गुरुहरु बाट नेपाल सरकारले मनोनीत गर्ने भनेर विधानमा स्पष्ट सग लेखिएको भए पनिि बौद्ध दर्शन सम्बन्धि अध्यन नगरेका सामान्य सबारी चालक छेम्बे शेर्पालाई राजनीतिक आड र पर्यटन मन्त्री योगेश भट्टराईको सहयोगमा बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिको रिक्त पदमा कानुन विपरित नियुक्त गरिएको हो।

गुम्बा व्यवस्था तथा विकास समितिको गठन आदेशमा स्पष्ट रुपमा खेन्पो हासिल गरेको व्यक्ति मात्र उक्त पदमा नियुक्त गर्न पाउने व्यवस्था रहेकोमा छेम्बे शेर्पा बौद्ध दर्शन सम्बन्धि अध्यायन नगरेका सामान्य सवारी चालक हुँदै घर निर्माण कार्य गर्नेदेखि त्यहाँको भिक्षुहरुको खाना पानी, औषधी किनमेलको काम लगायत गुम्बाको विभिन्न भेलामा सामेल हुने एउटा साधारण लामाका रुपमा काम गर्दै आएका एक लामाले बताए ।

बौद्ध दर्शनमा विद्यावारिधि(पि.एच.डी प्राप्त व्यक्ति) लाई खेन्पो भन्ने गरिन्छ । कम्तिमा आठ देखि दश वर्ष बुद्धिष्ट परम्पराले लेख्ने, पढ्ने, पुजापाठ र बाजागाजा बजाउने विशेष गरेर महायना र बज्रयना उपदेश परम्परा अनुसार थुप्रै कुराको अध्यायन गर्नुपर्ने हुन्छ ।

जसमा बुद्धिजमको धेरै कुराको अध्यायन अनुसन्धान हाँसिल गरेर मात्रै बल्ल खेन्पो अध्यायनको नौ देखि बाह्र वर्षको निरन्तर लामो समयको अध्यायनको सुरुवात हुन्छ । यसरी लामो समय सम्म बौद्ध दर्शनमा भिजेका धर्म गुरुलाई विकास समितिको अध्यक्ष पदमा नियुक्ति गरिदै आएको अहिले विधान विपरीत सरकारले नि नियुक्त गरे पछि बौद्ध धर्म गुरु तथा भिक्षुहरु नेपाल सरकार सगं रुष्ट भएका हुन् ।

बौद्ध धर्म गुरुका अनुसार बौद्ध दर्शन कठोर शिक्षा हो, जुन सामान्य नेपालमा घरमा बसेर अध्यायन गरेर परीक्षा दिएको जस्तो नभई जुन अध्यायन केन्द्रमा अध्यायनरत व्यक्तिले खेन्पो उपाधि हाँसिल गर्न निरन्तर कम्तिमा ९ वर्ष गौतम बुद्धले दिनुभएको सम्पूर्ण उपदेशहरुको अध्यायन अनुसन्धान गर्नु पर्छ ।

जस्तै विनायक, अविदरमा, माध्यमिग, प्राज्ञपरामित, प्रामणभतिका त्यसपछि बज्रयनाको क्रियातन्त्र, योगतन्त्र, उपतन्त्र, महायोग, अनुयोग, अतियोग, गुयागर्भ लगायतका विशाल ९ वर्ष अध्यायन गरी थप फेरि त्यसमाथि ३ वर्ष अनुसन्धान गरि अर्को ३ वर्ष त्यही अध्यायन केन्द्रमा उल्लेखित उपदेशहरुको प्रवचन दिई कम्तिमा १५ वर्ष लामो अध्यायन अनुसन्धान पछि मात्र हजारौ लामा पण्डितहरुको बीचमा सार्वजनिक रुपमा महापण्डितको (टोपी) लगाई खेन्पो घोषित गरिन्छ ।

जुन सामान्य रुपमा हुँदैन, संसारभरको बुद्धिष्ट जगतले खेन्पो भयो कि भएन भनेर सबैलाई जानकारी समेत हुन्छ । यसरी खेन्पोको उपाधि हाँसिल गरिसकेपछि अन्तर्राष्ट्रिय रुपमा बुद्धिष्ट जगतभित्र स्थापित विद्यवान गुरुको रुपमा चिनिन्छ । कुनैपनि व्यक्ति अध्यायन अनुसन्धान बिना खेन्पो भन्ने कुरा लुकीछिपि समाजमा स्थापित हुने कुरा असम्भव हो नवनियुक्त अध्यक्ष फूफू छेम्बे शेर्पाले त्यसै गर्न खोजेको धर्म गुरुहरुको टिप्पणी छ।

बुद्धको जन्म भएको देश नेपालको सबैभन्दा पुरानो संस्था गुम्बा विकास समितिको अध्यक्ष पनि त्यस्तो आधिकारिक अध्यायन प्राप्त खेन्पो हुनुपर्छ भन्ने कुरा गठन आदेशमा उल्लेखित विधि भन्दा विपरीत हुनु राष्ट्रकै लज्जा हो।

नेपाल सरकारद्धारा एउटा मात्रै आधिकारिक संस्थाको प्रमुख जुनसुकै अन्तर्राष्ट्रिय क्षेत्रमा जाँदा सिङगो नेपालको प्रतिनिधि गर्न सकोस भन्ने उद्देश्यले विगतको विद्यवान र योग्य पूर्व अध्यक्षहरुले लामो समयको छलफलपछि गठन आदेशमा खेन्पो नै अध्यक्ष हुनुपर्छ भन्ने प्रावधान राखेको भए पनि त्यसको कार्यनयन हुन सक्नु दु:खद छ।

प्रावधानलाई समेत उल्लघंन गरेर विभिन्न प्रलोभन र फोहोरी खेलमा फसेर गैर अध्यायन व्यक्तिलाई यस्तो पद सुम्पिदा सरकार प्रति नै प्रश्न उब्जाएको छ भने अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर झुक्न बाध्य बनाएको छ भने वर्तमान पर्यटन मन्त्रीको नियत माथि नै शंका र प्रश्न खडा भएको छ ।

विधान विपरीत विशेष गरेर महायना बुद्धिजममा निङमा, कागयुप, सक्या, गेलुगपा गरि चार वटा सम्प्रदाय हुन्छन् । यसभित्र निङमा, कागचुप, सक्याहरुको १२ देखि १५ वर्षको अध्यायन अनुसन्धान पश्चात प्रथम भएर अध्यायन गर्ने विद्यार्थीहरुलाई मात्र सार्वजनिक रुपमा खेन्पो हाँसिल गरेको आधिकारिक घोषित गरिन्छ ।

नवनियुक्त अध्यक्ष शेर्पाको (गेलुगपा) सम्प्रदायमा खेन्पो भन्ने नामकरण नै हुँदैन । अध्यायन गरेपछि (गेशे) भनिन्छ । त्यो पनि कम्तिमा २० वर्ष लामो समय अध्यायन अनुसन्धान पछि मात्र सार्वजनिक रुपमा आधिकारिक प्रमाणपत्र प्राप्त गरेको (गेशे) घोषित गरिन्छ ।

(गेशे)को पद हाँसिल गरिसकेपछि अन्तर्राष्ट्रिय रुपमा सिंगो बुद्धिष्ट जगतले त्यसको जानकारी पाउँदछ, र त्यो व्यक्ति महापण्डितको रुपमा स्थापित हुन्छ ।

पर्यटन मन्त्रालयद्धारा अध्यक्ष नियुक्ती गर्ने क्रममा मन्त्रालयको लेटरहेडको नियुक्ती पत्रमा (गेशे, खेन्पो) भनेर उल्लेख गरिएको छ । बुद्ध जन्मभूमि जस्तो मुलुकको पर्यटन मन्त्रालयको माननीय मन्त्री र सचिवहरुले गरेको यो निर्णयलाई हेर्दा आफ्नो ईच्छा र स्वार्थ पुरा भएपछि गलत काम गर्न पनि तयार हुँदोरहेछ भन्ने कुराको यस कदमले नजिर नै स्थापित गरेको छ।

बौद्ध दर्शनका धर्म गुरुका अनुसार पर्यटन मन्त्रालयको नियुक्ती पत्र अनुसार फूफू शेर्पा (गेशे र खेन्पो) अध्यायन गरेको व्यक्ति हो भने कम्तिमा पनि अधिकारिक अध्यायन केन्द्रमा ३५ देखि ४० वर्ष अध्यायन गरेको हुनुपर्दछ ।

१५ वर्ष कुनै निङमा काग्यु सक्यको अध्यायन केन्द्रमा अध्यायन अनुसन्धान गरेको र कम्तिमा पनि उनले गेलुग सम्प्रदायको आधिकारिक अध्यायन अनुसन्धान केन्द्रमा कम्तिमा २० वर्ष अध्यायन अनुसन्धान गरेर सार्वजनिक रुपमा उनी सगै (गेशे र खेन्बो) प्राप्त गरेको आधिकारिक प्रमाणपत्र हुनुपर्छ ।

यतिखेर उब्जिएको प्रश्न के हो भने मन्त्रीज्युलाई, ईच्छा र अनुकुल पुरा भएपछि र तपाईको जिल्लाको जुनसुकै लामा भएपनि कानुन, परम्परा र सिङगो बुद्धिष्ट जगतलाई जे गरेर देखाई दिएपनि हुन्छ भन्ने अहङकार तपाईमा भए कै हो भन्ने प्रश्न समेत गरेका छन् ।सबैको आशा र भरोसा राखेका र राजनीतिक भविस्य बोकेको मन्त्री भट्टराईले पर्यटन मन्त्री हुदै कानुन विपरीत कदम चाले प्रधानमन्त्री हुदा के-के चाल्नु हुन्छ भन्दै विवाद रहित काम गर्न समेत धर्म गुरुहरुले सुझाव दिएका छन् ।

धर्म गुरुहरुले भनेका छन् – वर्तमान पर्यटनमन्त्री हो, पर्यटन मन्त्रालयमा चाहिने विज्ञ मन्त्री तपाई हैन । यो मुलुकको जाति, भाषा, धर्म, संस्कृति परम्परा विशेष गरेर हिन्दुको महान ४ वेद बुद्धिष्टको हिनयना, महायना, बज्रयना यी कुराहरु बुझ्नलाई तपाईको यो जीवनमा सम्भव छैन ।
तपाई ब्रहमण आमाको कोखबाट जन्मेता पनि महान हिन्दु धर्मको सामान्य पुजाआज पनि तपाईलाई थाहा छ, जस्तो लाग्दैन ।

त्यसैले तपाई पर्यटन मन्त्री हुने वितिकै आफ्नो ईच्छा, स्वार्थ र अनुकुल प्राप्त हुनसाथ मैले जे गरेपनि हुन्छ र जे गर्न पनि पाउछु म संग अधिकार छ भन्ने हिसाबले अगाडी बढ्नुहुन्छ भने यो मुलुकको भविष्य ईतिहासमा तपाई जस्तो कलंकारी पर्यटन मन्त्री कोही पनि हुनेछैन ।

त्यसै कारणले हामी सिंगो देशवासी र मुलुक प्रति सम्मान गर्दै त्यस माथि पनि हजारौं वर्षदेखि गहिरो ईतिहास बोकेको यो मुलुकको परम्परा, धर्म, संस्कृति र महान हिन्दु धर्म र बुद्ध जन्मेको मुलुकमा हामी खबरदरीको आवाज उठाउन चाहान्छौं । तपाईका यस्तो गलत क्रियाकलापको निरन्तर विरोध गर्नेछौं र सन्देशहरु जनस्तर हुँदै अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन हामी प्रतिज्ञा गर्दछौं ।

मन्त्रीज्यूलाई भन्न चाहान्छौं तपाई एउटा राजनितिक कार्यकर्ता होला, र तत्कालिन माननीय रविन्द्र अधिकारीको निधनपछि तपाईले पार्टीभित्र विभिन्न क्रियाकलाप र सम्माननीय प्रधानमन्त्रीज्युसँग वार्गेनिङ गर्दै यो मन्त्री पदमा पुगेको सम्पुर्ण नेपाली जनतालाई थाहा छदैछ ।

साथै हाम्रो पनि शुभकामना छ । तर, पार्टीको लाखौं कार्यकर्तालाई बाईपास गरि विज्ञ र अनुभवि विद्यवानहरुसँग कुनै छलफल विना कम्युनिष्ट पार्टी र कम्युनिष्ट सिद्धान्तलाई हृदयबाटै घृणा गर्ने अहिलेसम्मको ईतिहासमा पार्टीमा एक दिनपनि योगदान नदिएको व्यक्तिलाई यसरी रातारात आफ्नो स्वार्थ अनुसार नियुक्ती गरेकोमा धेरैै विधवान लामा, खेन्बोहरु र विशेष गरेर पार्टीलाई योगदान दिएको सिंगो कार्यकर्ता तपाईप्रति असन्तुष्टि र दुःख व्यक्त गरेको दिनप्रतिदिन विरोधका कुराहरु आईरहेको छन् ।

हामीपनि यो कुरालाई वास्तविक के हो भन्ने कुरामा लागि रहने छौं र यसको पर्दाफास गर्ने छौं । अगामी दिनमा यससँग सम्लग्न व्यक्तिहरुको पृष्टभूमि छिमेकी मुलुकलाई लक्षित गरि बनाएको यस्तो योजनाहरु हामी बाहिर ल्याउने नै छौं ।

साथै गुम्बा विकास समितिको अध्यक्षको दाबीदार खेन्बोहरुको विचारहरु पनि जनताको बिचमा ल्याउने छौं । र सिंगो मन्त्रालयको कर्मचारी मन्त्रीपरिषद्ले यस विषयमा राम्रोसँग अनुसन्धान गरि बुझ्नुपर्ने जरुरी छ मन्त्री भट्टराईले जनाएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083