सांसद गिरीको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

7.2K
shares

काठमाडौं । समाजवादी पार्टीबाट निकालिएकी सांसद सरिता गिरीको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरू हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा गिरीको मुद्दामा आज सुनुवाइ हुन लागेको हो ।

समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न जारी गरेको ह्वीप नमानेको भन्दै गिरीलाई पार्टीको साधारण सदस्य र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो।

त्यसविरूद्ध गिरीले २८ असारमा पार्टी, संसद् सचिवालय लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट हालेकी छन् ।

उनले आफूमाथिको कारबाही कानून विपरीतको भएको दाबी गर्दै कारबाही गर्ने निर्णय बदर गर्न माग गरेकी छन्।

सरकारले लिम्पियाधुरा समेत समेटेको नयाँ नक्शा जारी गरेपछि त्यसलाई नेपालको निशान छापमा समेट्न भएको संविधान संशोधनमा गिरी मतदान नगरी संसद् भवनबाट बाहिरिएकी थिइन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083