नेप्सेमा तीनपटक ‘सर्किट ब्रेक’

8.19K
shares

काठमाडौँ : चालू आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज तीनपटक ‘सर्किट ब्रेक’ लागेको छ । बजार खुलेको झण्डै एक घण्टा आठ मिनेटभित्र तीनपटक सर्किट ब्रेक लागेपछि आजका लागि बजार बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ६.०४ प्रतिशतले बढेको छ । नेप्से ८४.२६ अङ्कले बढेर एक हजार ४७९.०३ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि १७.३९ अङ्कले बढेर ३१२.४४ मा पुगेको छ ।

कूल १११ कम्पनीको एक लाख ८० हजार ५९६ कित्ता शेयर रु छ करोड २५ लाख ६६ हजार २९३ मा खरिदबिक्री भयो । कारोवार भएका कूल १० उपसमूहमध्ये नौ उपसमूहको शेयर बढेको छ भने सामूहिक लागनी कोष तटस्थ देखिएको छ ।

बैंकिङ ८८.८७, विकास बैंक ६३.१३, जलविद्युत् ३६.३६, वित्त ९.०१, निर्जीवन बीमा २०२.४, उत्पादन १४१.७८, अन्य ४९.३३, लघुवित्त ९२.३९ र जीवन बीमा ५४८.६६ अङ्कले बढेको छ । कारोवार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्षस्थानमा रह्यो ।

सो कम्पनीको शेयर रु दुई करोड ४१ लाख दुई हजार ३२० मा खरिदबिक्री भयो । यस्तै वेष्ट फाइनान्स कम्पनी ३६ लाख ८९ हजार ६००, गरिमा विकास बैंकको संस्थाक शेयर ३२ लाख १० हजार ४५५, एनएमबी बैंकको २८ लाख ५१ हजार २७४, नेपाल इन्भेष्टमेन्ट बैंकको २० लाख ११ हजार २५५ र शिवम् सिमेन्ट लिमिटेडको शेयर १९ लाख ४८ हजार २२० मा खरिदबिक्री भयो ।

सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्था, नबिल बैंक, एनआइसी एसिया बैक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरधनीले समान १० ÷१० प्रतिशतले कमाए ।

यस्तै नेपाल पुनर्बीमा कम्पनी ९.९८, एभरेष्ट बैंक ९.९६, हिमालयन डिष्टिलरी ९.९५, ज्योति विकास बैंक ९.९४ र एनएमबी बैंकका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाए । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083