काँग्रेस केन्द्रीय महिला विभागलाई पूर्णता, सचिवमा लक्ष्मी खतिवडा

8.83K
shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरुलाई सोमबार मनोनयन गरेका छन् ।

सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत फागुन १९ गते मनोनयन गरेका थिए ।

विभागको सचिवमा लक्ष्मी खतिवडा र सदस्यहरुमा अनार बस्नेत, अम्बिका न्यौपाने, ईन्दिरा कोइराला, कल्पना केसी, कृष्णकुमारी बस्नेत, खगेश्वरा आचार्य, खगेश्वरी भण्डारी, खगेश्वरी शर्मा, गुणलक्ष्मी ज्ञवाली, जन्नतुन निशा धुनियाँ, टीकाकुमारी बुढा थापामगर, ठाकुरकुमारी पौडेल, दुर्गादेवी महतोलाई मनोनयन गरिएको काँग्रेस मुख्य सचिव कुष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी विभागको सदस्यमा धनलक्ष्मी श्रेष्ठ, धनसिला मल्ल, नगिना यादव, नारुदेवी ओझा, निर्मला खड्का, पार्वती यादव, पुष्षलता लामा, प्रेमकुमारी तामाङ, मनोरमा शेरचन, ममता तामाङ, यशोदा चालिसे, रमादेवी न्यौपाने, राधिका सिंह, रिता चौधरी, रेखा गुरुङ, ललिता सुनार, लालीमाया तामाङ, शकुन्तला त्रिपाठी, शर्मिला श्रेष्ठ, शारदा पौडेल, सुशिला थापा, सुशिला यादव, सङ्गिता चौधरी र सावित्री गुरुङलाई मनोनयन गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083