अपहरणमा परेको भन्दै नाटक गर्ने व्यक्ति होटलमा युवतीसंगै पक्राउ

7.54K
shares

अपहरण भएको नाटक गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-४, चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मीलाई अपहरणको नाटक गरेको भन्दै साउन ६ गते राति महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

रेग्मीले जग्गा व्यवसाय गर्छु भन्दै विभिन्न व्यक्तिहरूसँग करोडौं रूपैयाँ लिएको र सो रकम तिर्न नपरोस् भनेर अपहरणको नाटक गरेको अनुसन्धानका क्रममा खुलेको महाशाखाको भनाइ छ। ती व्यक्ति अपहरणमा नपरेकाे र प्रहरीलाई अनावश्यक हैरानी दिई राज्य स्रोतसाधनको समेत दुरुपयोग भएकाले आवश्यक कारबाही अगाडि बढाइएको महाशाखाले जनाएको छ।

असार २४ गते देखि हराएको भन्दै अपहरणमा परेको हुन सक्ने भन्ने व्यहोराको निवेदन परेपछि महाशाखाको टोलीले खोजी गरेको थियो। खोजी गर्दै जाने क्रममा हिजो राति नयाँ बसपार्कस्थित एक होटलमा युवतीसँग बसेको अवस्थामा फेला परेको महाशाखाले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083