नेपालमा कोरोना संक्रमित संख्या १८ हजार ९४ पुग्यो

6.16K
shares

काठमाडौं । थप १ सय जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ४२ जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै, मुलुकका ७ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा. गौतमकाअनुसार धनकुटा, भोजपुर, पाँचथर, रसुवा, संखुवासभा, मुस्ताङ र मनाङमा कोरोना संक्रमित भेटिएका छैनन् ।

नेपालमा गत २४ घन्टामा पीसीआर विधिबाट ३ हजार ७७९ जनाको नमूना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या २० हजार ८४२ छ । रेडजोनमा ५३० जना रहेका छन् ।

हाल मुलुकका २८ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083