कक्षा १२ को परिक्षा असोज पहिलो हप्ता
वि.सं.२०७७ साउन ७ बुधवार १७:४६
13.56K
shares
shares

कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि गरिने भएको छ ।
कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनकालागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको तालिका बनाउन लागेको हो ।
कोरोना १९ का कारण स्थगित कक्षा १२ को परीक्षा असोज महिनाको दोस्रो सातामा सक्ने गरी तालिका प्रकाशन गरिने भएको छ ।
विगतमा परीक्षा केन्द्र तय गरिएका २ सय ५० भन्दा बढी विद्यालयहरु क्वारेन्टाइन बनाइएका कारण ती केन्द्रहरु निर्मलीकरण गरी झण्डै दोब्बरको संख्यामा केन्द्र र उपकेन्द्रहरु थपेर परीक्षा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।
परीक्षा सकिएको १ महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना बोर्डको छ ।































