दोहोरो अङ्कले घट्यो नेप्से

22.71K
shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.५० अङ्कले घटेर एक हजार ४३२.४४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.९० अङ्कले घटेर ३०३.१४ मा पुगेको छ ।

आज कूल १८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता शेयर रु एक अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ मा खरिद बिक्री भयो । कारोवार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर मात्र बढेको छ । होटल १३४.४५ र सामूहिक लगानी कोषको शेयर ०.०७ अङ्कले बढेको छ ।

बैंकिङ २१.५१, व्यापार ७.९४, विकास बैंक ३.८३, जलविद्युत् १३.०३, वित्त ७.१६, निर्जीवन बीमा ५.५४, उत्पादन २०.९५, अन्य १४.३४, लघुवित्त १५.१ र जीवन बीमा ७१.६ अङ्कले घटेको छ । कारोवार रकमका आधारमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर रु १८ करोड १५ लाख ८४ हजार ८२१ मा खरिद बिक्री भयो ।

त्यस्तै नेपाल पुनःबीमा कम्पनी रु १६ करोड २३ लाख ७६ हजार २६७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु नौ करोड ९२ लाख ६९ हजार ६५५, एनएमबी बैंकको रु आठ करोड १३ लाख ७३ हजार ३४०, हिमालयन डिष्टिलरी लिमिटेड रु सात करोड ४८ लाख ८७ हजार ४७६ र एनआइसी एशिया बैंकको शेयर रु सात करोड १३ लाख चार हजार ५१७ मा खरिद बिक्री भयो ।

ओरियन्टल होटल लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा बढी १० प्रतिशतले कमाए । यस्तै तारागाउँ रिजेन्सी होटल ९.९५, सोल्टी होटल ९.४९, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था ६.४८, श्रीराम सुगर मिल्स ६.२७ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका शेयरधनीले ५.४३ प्रतिशतले कमाए ।

यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था ८.६१, घलेम्दी हाइड्रोपावर ६.९०, सिनर्जी पावर डेभलपमेन्ट ६.५४, जोशी हाइड्रोपावर ५.८८, रिडी हाइड्रोपावर ५.८१ र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.८० प्रतिशतले गुमाए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083