साढे ११ वर्ष कैद भुक्तान नहुँदै पूर्वडिआइजी कोइराला आज जेलमुक्त

8.59K
shares

जघन्य अपराधहरूमध्ये कर्तव्य ज्यानसम्बन्धी मुद्दालाई सबैभन्दा गम्भीर प्रकृतिको अपराध मानिन्छ । तर, सजायको अवस्था भने त्यस्तो छैन ।

कर्तव्य ज्यान मुद्दाका कैदीहरू अन्य जघन्य प्रकृतिका अपराधका मुद्दाभन्दा छिटो छुट्ने गरेका छन् ।

श्रीमतीको हत्या गरी शव नै जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला साढे ११ वर्ष कैद छुट पाएर बिहीबार जेलमुक्त भएका छन् ।

डिल्लीबजार कारागारमा रहेका पूर्व डीआईजी कोइराला आज बिहीबार बिहान ११:५० बजे जेलमुक्त भएका हुन् ।

सर्वोच्च अदालतले असार १५ मा उनको सजाय घटाउने फैसला गरेको थियो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनी साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको हो ।

सर्वस्वसहित जन्मकैद अर्थात २० वर्ष कैद र उनको भागको सम्पत्तिमा दुई छोराबाहेक उनको हिस्सा सरकारले लिनेगरी जिल्ला र तत्कालीन पुनरावेदन तहमा फैसला भएको थियो । तर, उनको सजाय आठ वर्ष ६ महिना कायम भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083