संस्कार समाजकी अध्यक्ष गुरुङले दिईन ४ महिनाको साढे ५ लाख भाडा छुट

9.57K
shares

कोरोनाभाइरस संक्रमण रोक्न सरकारले ११ चैतदेखि बन्दाबन्दी घोषणा गरेपछि अधिकांश क्षेत्र ठप्प छन्, भलै बन्दा बन्दी खुलेको छ । यो समय ज्यालादारी मजदुरले मात्र नभई अन्य कतिपयले पनि रोजगारी गुमाए । कतिपयको मासिक पारिश्रमिक कटौती भयो । त्यहीकारण सरकारले घरधनीहरुलाई भाडा छुट दिन आग्रह गर्‍यो ।

१६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले भाडा छुट दिने घरधनीलाई बहालकर नलिने निर्णय पनि गरेको छ । सरकारले घरधनीहरुलाई चैत महीनाको भाडा छुट दिन अनुरोध गरेपछि केहीले घरभाडा नलिने घोषणा गरे । कतिपयले एक महीनाको भाडा मात्रै छुट दिएका छन् भने कतिपयले दोस्रो महीनाको पनि दिए ।

भाडावालाहरु भने कम्तीमा तीन महीनाको भाडा छुट दिनुपर्ने माग गरिरहेका छन् । तर, सरकारले घरबेटीलाई भाडा छुट दिन गरेको अनुरोधसँगै घरबेटीहरुले भने गुनासो गर्न थालेका छन् । उनीहरुले घर बनाउँदा ब्यांकबाट लिएको ऋणको ब्याज मिनाहा गरिदिए मात्रै भाडा छुट दिन सकिने बताउँदै आएका छन् ।

भाडावाल सरोकार समाजका अध्यक्ष बस्नेतका अनुसार शहरी क्षेत्रमा निर्मित घरहरुमध्ये करीब ८० प्रतिशत ब्यांकबाट ऋण लिएर निर्माण गरिएका छन् । भाडावाल सरोकार समाजले त्रिपक्षीय समझदारीको आधारमा अघि बढ्नुपर्ने जनाएको छ । केही घरबेटीले भने बाध्यताले घरभाडा लिनुपरिरहेको गुनासो गरेका छन् । सरकारले दिने घरबहाल कर छुट मात्रै पर्याप्त नहुने उनीहरुको भनाइ छ । भाडा छुट दिनका लागि घर किन्दा वा बनाउँदा ब्यांकबाट लिएको ऋणको मासिक व्याज छुट गर्नुपर्ने उनीहरुको माग छ ।

कोरोना भाइरस संक्रमणको डरले काठमाडौं छाडेर घर गएकाहरु बन्दाबन्दी खुलेसंगै आउने क्रम जारी छ, काठमाडौँमा घुइँचो बढ्दो छ। अत्यावश्यक वस्तुको अभाव र मूल्य वृद्धिले सर्वसाधारण मर्कामा छन्। दैनिक कमाइ गरेर घर चलाउनुपर्नेलाई यो समय कठिन हुन्छ। कति त आम्दानी सुकेर घरभाडा तिर्न सक्दैनन्। यस्तो बेला घरबेटी र डेरावालको सम्बन्ध राम्रो नभए काठमाडौंमा बस्नै मुश्किल पर्छ।

यो संकटको घडीमा सक्रिय समाजसेवी तथा संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङ काठमाडौंका हजारौं घरबेटीको निम्ति उदाहरण बनेकी छन् । उनले आफुले लिनु पर्ने घरभाडा वापतको चार महिनाको एकमुष्ट रकम ५ लाख ५० हजार रुपैयाँ छुट दिएकी छन् । असल संस्कार सिकौं सिकाऔं, आफ्नो देश आफैं बनाऔं भन्ने मूल नाराका साथ् उनि समाजसेवामा हेलीएकी छन् ।

पैसा भन्दा मानवता प्रधान हो भन्ने कुरा त उनको मूल मन्त्र नै हो । उनि विगत ३ वर्षदेखि विविध जनचेतनामुलक कार्यक्रम गर्दै आएकी छन् । उनको अविराम सारथी बनेको छ – संस्कार समाज नेपाल । मान्छेमा भएकी खराबीलाई उचित संस्कारले प्रतिस्थापन गर्दै समुन्नत समाज निर्माणको असल कर्णधारको आधार तयार गर्नु नै उनको र समस्टीमा संस्कार समाज नेपालको ध्येय हो ।

सर्वप्रथम हामीले असल संस्कार सिकौं र अरुलाई सिकाऔं त्यसपछि मात्र हामीले आफ्नो देश आफैं बनाउन सक्छौं भन्ने गुरुङको भनाई छ । विसं २०७४ मा स्थापना भएको समाजले यसअघि नयाँ बसपार्कबाट विभिन्न जिल्लामा ओहोरदोहोर गर्ने सार्वजनिक सवारीसाधनलाई एक हजार थान पेनड्राइभ, ५०० थान डस्विन, समाज परिवर्तनका लागि नैतिक शिक्षा, सामाखुशीदेखि माछापोखरी चोकसम्म ट्राफिक जनचेतनासम्बन्धी सूचनापाटी निर्माणको काम सम्पन्न गरिसकेको छ।

संस्थाले हरेक हप्ता सरसफाई कार्यक्रम पनि गर्दै आएको छ । स्वस्थ मान्छेले मात्र स्वस्थ समाजको निर्माण गर्न सकिने गुरुङको धारणा छ । संस्थाले विद्यालय-विद्यालयमा गएर संस्कारयुक्त कार्यक्रम गर्दै आएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083