च्याउ खाएर एक बालिकाको मृत्यु : ८ जना गम्भीर बिरामी

6.1K
shares

जाजरकोट । कुशे गाउँपालिका –१ स्याँक्रीमा च्याउ खाँदा गए राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ ।

उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर घाइते भएको कुशे गाउँपालिका –१ का वडाध्यक्ष गोपाल नेपालीले बताए ।

घरपरिवारका सबैले एकै समय च्याउ खाएका थिए ।

बिरामीको उद्धारका लागि हेलिकोप्टरको पहल भइरहेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।