नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुग्याे
वि.सं.२०७७ साउन १२ सोमवार १६:४७
5.6K
shares
shares

काठमाडौं । थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर १३९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
हालसम्म कोरोना जित्नेको संख्या १३ हजार ७५४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।















