मष्टा गाउँपालिकाका अध्यक्ष कठायतको दादागिरी, स्थानिय ७० बर्षिय वृद्ध पिरु रोकायालाई यसरी धम्की दिए (भिडियाेसहित)

10.19K
shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा बझाङ मष्टा गाउँपालिकाका अध्यक्ष कर्ण कठायतले मदिरा सेवन गरेर स्थानियलाई धम्क्याउने गरेकाे छ।

स्थानिय तहको चुनावमा आफुलाई मत नदिएको भन्दै बेला बेलामा आफु भन्दा फरक विचार राख्ने स्थानियलाई धम्क्याउन गरेकाे हाे ।

मदिरा सेवन गरि मष्टा गाँउपालिका वडा नं २ का स्थानिय पिरु रोकायालाई अश्लिल शब्द प्रयाेग गरी दुव्र्यवहार गरेको भिडियो कान्तिपथ डटकमका पत्रकार गणेश विकले प्राप्त गरेकाे छ ।

गाउँपालिकाका अध्यक्ष कठायतले मदीरा सेवन गरी घर नजिकैका ७० बर्षिय वृद्ध पिरु रोकायालाई ‘तेरो बा हु म, मु……. त मेरो बा हैनस कि म तेरो बा हुँ । तैले भोटै दिईनस । त्यो बाटो तेरी आमाको दाईजो हो । मेरो हो राजा हु राजा के र्गछस’ लगाएतका शब्दहरु प्रयोग गरेका छन् ।

https://youtu.be/17N63JRuToM

अध्यक्षको यो पहिलो घटना भने होईन । उनले बेला बेलामा यस्ता हर्कत गर्ने गरेका छन । केहि महिना अघि मात्र मष्टा गाउँपालिकाका वडा ७ मा बस्ने हाल काठमाडौंमा अध्ययनरत विद्यार्थी संजय बोहराले सहयोग अथवा उद्दारका लागि मष्टा गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कठायतलाई फोन गरेका थिए ।

अध्यक्ष कठायत मदिराले मातिएको अबस्थाम फोनमा अश्लिल शब्द बोलेको अडियो पत्रकार विकले सार्वजनिक गरेका थिए ।

विद्यार्थी संजय बोहरालाई फोनमा अश्लिल शब्द प्रयाेग गर्दै गाउँपालिकाका अध्यक्ष कठायतले….

ठुला ठुला सेटहरु तेतै छन् । हामी कम्युनिस्ट हौँ, कांग्रेस होइनउ यार समेत भनेका थिए ।

बिश्व महामारीमा रहेको बेला आफ्नो जन्मथलोमा फर्किन चाहने बिध्यार्थीलाई राजनीति हिसावले समेत हेरको बुझिन्छ । अध्क्षय कठायतले आफ्नो पार्टीका कार्यकताहरुलाई भने त्याे बेला जिल्ला फर्काइ सकेका थिए ।

यति मात्र होईन उनले आफ्नो पार्टी भन्दा फरक विचार राख्ने जो कोहिलाई थर्काउने र गाली गर्ने गरेका छन ।

कठायत स्थानिय तहको चुनावबाट नेकपा एमाले बाट विजयी भएका हुन । प्रयाय जसाे गाउँपालिकाका अध्यक्ष कठायतले नेपाली कांग्रेस र नेत्र बिक्रम चन्द बिप्लबका कार्यकर्तालाई धम्की अथवा थर्काउने र गाली अश्लिल शब्द प्रयाेग दुव्र्यवहार गर्ने गरेका छन् ।

अध्यक्ष कर्ण बहादुर कठायत बेला बेला बिवादमा तानिने गरेका छन् । कहिले भ्रष्टाचारकाे आरोपमा त कहिले मदिरामात मस्ती अबस्थामा भेटिएन गर्दछन् ।

अध्यक्ष कठायतलाई २०७५ असार १५ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालोमोसो समेत दलेको थियो ।

अध्यक्ष कठायतले विभिन्न सरकारी र गैर सरकारी निकाय र नेपाल सरकारबाट आएको रकम हिनामिना गरेको, मदिरा सेवन गरी दुव्र्यहार गरेको, कर्मचारी र शिक्षकलाई पार्टीका आधारमा विभेद गरेको, आफ्नो पार्टीका कार्यक्रता विरुद्ध गलत सुराकी गरेको र बजेट बाँडफाँडमा पनि पार्टीकरण गरी सीमित व्यक्तिलाई बाँडेको आरोप लगाएको थियो ।

पटकपटक सुझाव दिँदापनि सुधार नभएकाले चेतावनी स्वरुप कालोमोसो दलेको नेकपाले जनाएको थियाे तर अहिले पनि व्यवहार भने उस्तै पाएकाे छ ।

यस्ता छन् कारणहरू

१. आफूले संचालन गर्ने योजनाका नाममा विभिन्न दातृ निकाय र सरकारमार्फत आएको बजेट कामै नगरी खाएको ।

२. कार्यालय समयमै जाँड रक्सी खाएर अश्लील व्यवहार गरेको ।

३. निर्वाचित भएपछि कार्यतर कर्मचारी र शिक्षकलाई नैतिक आस्थाका आधारमा विभेद गरेको ।

४. गाउँपालिकाको बजेट बितरणमा पार्टीकरण र राजिनीतिकरण गरेको हो ।

५. हाम्रो पार्टीका कार्यकर्ताविरुद्ध सुराकी गरेको ।

यसैगरी सार्वजनिक बिदाका दिन जनप्रतिनिधि सेकुवा सेन्टरमा मदिरामा मस्ती गरिरहेका अबस्थामा २०७६ अषाढ ०१ गते फेला परेका थिए ।

अध्यक्ष कठायत गौरीफन्टा नाका नजिकै रहेको डोके बजार क्षेत्रको सेकुवा सेन्टरमा सार्वजनिक गाडिमा पुगेर मदिरा खाइरहेको अवस्थामा भेटिएका हुन् ।

गाउँपालिका अध्यक्ष सहित ५ जनाको टोली सेकुवा सेन्टरमा दिउँसै टिल थिए । तपाईहरु यहाँ के गर्न आउनु भएको सोध्दा ती जनप्रतिनिधिले नास्ता खान डोके बजार पुगेको बताएका थिए ।

सार्वजनिक बिदाको दिन बझाङबाट बा २ झ ४२२७ नम्बरको सरकारी गाडिमा धनगढी पुगेर दिउँसै मदिरा पिएर लठठ् थिए त्याे बेला ।

के छ कानुनमा :

परिच्छेद –२ गाली बेइज्जती सम्बन्धी कसूर

मुलुकी अपराध संहिता, २०७४

३०५. गाली गर्न नहुनेः (१) कसैले कसैलाई गाली गर्न हुँदैन ।

(२) उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिनेछ ।

(क) अरुको इज्जतमा धक्का पु¥याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारण भई लेखेर, आचरण वा आकार वा चिह्न वा प्रचार प्रसारद्वारा वा अरु कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले त्यस्तोे व्यक्तिलाई अरुको दृष्टिमा निजको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्र हत्या गरेमा वा निजको शरीर सामान्यतः घृणित अवस्थामा छ भन्ने अरुलाई विश्वास पर्ने गरी दोष लगाएमा वा त्यस्तो दोष लगाएको कुरा प्रचार गरेमा ।

३०७. बेइज्जती गरेमा हुने सजायः (१) कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँ सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

तर विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र दश हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

अध्यक्ष कठायतलाई यी माथिका कुनै पनि सजाय हुन सक्ने रहेकाे छ मुलुकी अपराध संहिता, २०७४ मा जनाएकाे छ ।


divya collage
unigloble collage