अनन्त कुण्डको उद्घाटन सम्पन्न : गुरुयोजनासाथ विकास गरिने बस्नेतको प्रतिबद्धता

7.19K
shares

भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं ४ मा अवस्थित अनन्तलिङ्गेश्वर मन्दिरको प्रांगण आलिङ्गनमा अनन्त कुण्डको निर्माण सम्पन्न भएर आज एक समारोहका बीच उद्घाटन भएको छ ।

प्रतिनिधिसभा सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतले कुण्डको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा माननीय बस्नेत सहित सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, जिल्ला समन्वय समिति उप-प्रमुख, विभिन्न वडाका अध्यक्षहरु, गणपति, महानगरीय प्रहरी प्रभागका डिएसपी ऋषिराम कंडेल, नेकपाका युवा नेताहरु राजु लुबंजर, बिदुर खड्का, उमेश रिसाल, भजेश खड्का, पवित्रा श्रेष्ठ, विभिन्न प्राज्ञिक व्यक्ति, स्थानीय जनता तथा श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।

कुण्डको निर्माण सांसदको निर्वाचन क्षेत्र विकास कोष, सुर्यविनायक नगरपालिका तथा विभिन्न समाजसेवी व्यक्तिहरुको दानबाट सम्पन्न भएको समाजसेवी दिनेश थापाले जानकारी दिए ।

भक्तपुरको ऐतिहासिक अनन्तलिङ्गेश्वर महादेव मन्दिरको पुनःनिर्माण कार्य तीन वर्ष तीन महिनापछि निर्माण सम्पन्न भएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कार्यक्रम अन्तर्गत एक करोड ६४ लाखको लागतमा पुरातत्व विभागले मन्दिरको पुनर्निर्माण भएको हो । मन्दिरको दुई तहको तामाको छानो भने ४४ लाखको लागतमा निर्माण सम्पन्न गरिएको छ ।

उक्त महादेव मन्दिर भगवान शिवको ६४ औं ज्योतिर्लिङ्ग मध्येको एक भएको धार्मिक जनविश्वास रहदै आएको मन्त्री बस्नेतले बताए । अनन्तलिङ्गेश्वर मन्दिरको पानी प्रताप मल्लले रानी पोखरीको निर्माण गर्दा लागेको र राणा प्रधानमन्त्री चन्द्र शमसेरले आफ्नो कान्छी औंलामा कुष्ठरोगको उपचार गर्न प्रयोग गरेको भन्दै अनन्त कुण्डको पौराणिक महत्व रहेको र गुरुयोजना निर्माण गरेर आफु यो स्थानको विकासमा अहोरात्र लागि पर्ने बताए ।

सुर्यविनायक नगरपालिका वडा नम्बर ४ र ७ को सिमानालाई जोड्ने झोलुङ्गे पुलमा अनन्त झूला निर्माण पश्चात अनन्तलिङ्गेश्वर मन्दिरमा आउने भक्तजनहरुका निम्ति समेत धार्मिक आकर्षण बन्दै गएको छ ।

पुलकै छेउमा आज अनन्त कुण्डको उद्घाटन भएको हो । कुण्डकै माथिल्लो भागमा अनन्त पाउको निर्माण भएको छ ।

समाजसेवी विदुर खड्का तथा उनकी श्रीमती सलिना खड्काले आफ्ना स्वर्गीय पिता इन्द्रबहादुर खड्का तथा स्वर्गीय माता बसन्ती कुमारी शाही खड्काको स्मृतिमा ३२००० लागतमा २ वटा ढुंगेधारा तथा २४५०० लागतमा अनन्त पाउ निर्माण गरेका हुन् । कुण्डको ४१००० लागतको ठुलो ढुंगेधारा भजेश खड्का लगायतले प्रदान गरेका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083