निर्मला पन्तलाई न्याय माग्दै ओली, ‘प्रचण्ड’सहित नेताका फोटोमा कमेन्टको वर्षा !
वि.सं.२०७७ साउन ३२ आइतवार १६:५५
8.68K
shares
shares

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तका लागि न्याय माग्दै प्रधानमन्त्री सहितका नेताका फोटोमा कमेन्ट गर्न थालिएको छ।
कञ्चनपुरकी निर्मलालाई न्याय माग्दै आज बिहानदेखि विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुले प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताले फेसबुक प्रोफाईलमा राखेमा फोटोमा कमेन्ट गर्न थालेका हुन्। उनीहरुका प्रोफाइल पिक्चरमा ’जस्टिस फर निर्मला’ भन्दै कमेन्ट आईरहेका छन्।
प्रधानमन्त्री ओलीको फोटोमा मात्र दुई लाख १९ हजार कमेन्ट गरिएका छन्। जसमा अधिकांश निर्मलालाई न्याय माग्दै गरिएका कमेन्ट छन्।
यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका फेसबुक प्रोफाईल फाेटाेमा समेत कमेन्ट गर्न थालिएको छ।































