फेसबुक लाईभमा सोनिकाको उग्ररुप : उनले मार्ने धम्की दिएका राम गौतम को हुन् ?
वि.सं.२०७७ भदौ १ सोमवार १५:१८
10.84K
shares
shares

चर्चित मोडल तथा यूट्यूवर सोनिका रोकायाले हालै फेसबुक लाइभमा रौद्ररुप देखाएकी छन् । विक्षिप्त मनोदशामा देखिएकी उनले अश्लील गालीगलौजसहित आपत्तिजनक कुराहरु बोलिन् ।
कति कुरा नबोल्न खोज्दा खोज्दै पनि साइको बनाइदिन्छन् भन्दै उनले लाइभ सुरु गर्छिन् । त्यसपछि उनले अंग्रेजी र नेपालीमा अश्लील शब्दहरु प्रयोग गर्दै आफ्नो मनको वह पोखेकी छन् । उनले बोलेका शब्द आपत्तिजनक छन् ।
राम गौतम भन्ने व्यक्तिको नाम लिएर धम्कीसमेत दिन पुगेकी छन् । ती व्यक्ति को हुन् र उनीसँग विवादको विषय के हो भन्ने सोनिकाले खुलाएकी छैनन् । उनले गौतमलाई मार्नेसम्मको धम्कि दिएकी छन् ।
पूर्वयुवराज पारससँग सोनिकाको अफेयर रहेको चर्चा केही समयदेखि चलेको थियो । तर, उनीहरु अहिले अलग भएको बताइएको छ । सोनिका गाउँको घरबाट फेसबुक लाइभमा आएकी हुन् । लाईभकै क्रममा उनकी आमाले उनलाई रोक्न खोजेकी थिईन, तर उनले आमालाई पन्छाईन । पारससँग निकट हुँदा उनले आफू अब पुरानो छवि सुधार्नतर्फ लागिपरेको बताउने गर्थिन् ।































