केहीबेरमा एसईईको नतिजा सार्वजनिक हुँदै
वि.सं.२०७७ भदौ १ सोमवार १८:०९
5.28K
shares
shares

माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । बोर्ड बैठक सकिएपछि नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ ।
‘रुजुको काम सकिएको छ । अहिले बोर्ड बैठक बसिरहेको छ ,’ बोर्डका एक सदस्यले भने, ‘नतिजा सार्वजनिक गर्ने तयारी हुँदै छ ।’
सरकारले नतिजा सार्वजनिक गर्न अनुमति दिएपछि बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्न लागेको हो ।
कोरोना भाइरसका कारण परीक्षा हुन नसकेपछि विद्यालयले गरेको मूल्याङ्कनको आधारमा बोर्डले नतिजा सार्वजनिक गर्न लागेको हो । यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी सहभागी छन् ।






























