काठमाडौँ उपत्यकामा फेरि लकडाउन गर्ने सरकारको निर्णय, भोलिदेखि लागु हुने

7.72K
shares

काठमाडौँ उपत्यकामा भदौ ३ गते रातिदेखि भदौ १० गते रातिसम्म लकडाउन हुने भएको छ। तीनै जिल्लामा कोरोना रोकथाम समितिका बैठकले काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा भदौ ३ गते रातिदेखि भदौ १० गतेसम्मका लागि लकडाउन गर्ने निर्णय मंगलबार राति गरेका हुन्।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले लकडाउन गर्न विभिन्न क्षेत्रबाट दबाब परेको थियो। काठमाडौँ उपत्यकामा मंगलबार २०५ जनामा संक्रमण देखिएको थियो भने सोमबार १७२ जनामा संक्रमण देखिएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083