दैनिक नयाँ रेकर्ड: आज मात्र ७०७ जनामा कोरोना संक्रमण पुष्टि, २९,६४५ कुल संक्रमित

6.63K
shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । उनीहरुमध्ये १२६ जनाको मृत्यु भएको छ भने १७ हजार ९६४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २६४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

कहाँ कति थपिए संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ८३२ नमुना परीक्षण गरिएको थियो, त्यस क्रममा काठमाडौं उपत्यकामा मात्र २०० जना संक्रमित भेटिएका छन् । जसमध्ये १७४ जना काठमाडौं, १८ जना ललितपुर र ८ जना भक्तपुरका छन् ।

यस्तै सर्लाहीका ९३ जना, पर्साका ५५, धनुषा र अछामका ३१र३१ जना, कपिलवस्तुका ३०, मकवानपुरका २५, सिराहा र बझाङका २१र२१ जना, सप्तरी, कास्की र दैलेखका १९र१९ जना, रुपन्देहीका १८, रौतहट, बाँके र डोटीका १६÷१६ जना, महोत्तरीा १५, सुनसरीका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

तेह्रथुम र मोरङमका ९र९ जना, बारा र बाग्लुङका ८र८ जना, उपयपुर र दाङका ४र४ जना, नुवाकोट, नवलपुर र गुल्मीका ३र३ जना, दोलखा, धादिङ, तनहुँ, बर्दिया र डडेलधुराका २र२ जना तथा झापा, धनकुटा, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा , प्युठान, कालीकाट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, कैलाली, दार्चुला र बैतडीका १र१ जनामा संक्रमण देखिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083